------तपाईंको सन्देश तपाईंको आफनतजनलाई ------
सम्पर्क गर्ने इमेलहरु: rai_zone@yahoo.com , tawa_rai@yahoo.com

प्रेम-पत्र


मेरो दिलको रानी सरु !
मुटु भरिको माया तिमीलाई जन्म जन्म भरिलाई मात्र तिमीलाई है सरु ।

सरु ! आज म आस्था को कमजोर बैशाकी टेकी जिन्दगीको अस्पस्ट गोरेटोमा अज्ञात सम्भावना को खोजी गर्दै घिस्री रहेको छु ,त्यहा जहाँ म जस्ता हजारौ अभागि आत्मा हरु धेरै बर्षा देखी अथाक अथाक घिस्री रहेका छन । म चाँही घिस्री रहे को छु मात्र तिमीलाई पाउने आशा मा अनी तिमि सगै जीवन बाच्ने अटल विश्वाशमा ।

सरु ! सबै कुरा मिलेर अनी बाडेर सापटी र पैचो लियर पनि चलाऊन सकिन्छ तर सरु एउटा कुरा कसै सग पनि बाड्न सकिदैन र मिल्दैन पनि त्यो के हो थाहा छ सरु ? म कुरा गर्दै छु सरु जीवन साथीको बारेमा । हो सरु - आफ्नो जीवन साथी एक पलको लागि मात्र पनि अरु कसै पराईको लागि सोच्न मात्र पनि सकिदैन । त्यो नितान्त निजी हुन्छ कसै सग बाड्न मिल्दैन पनि । अनी त सरु तिम्रो आत्मा मा कहिले कही मेरो बारेमा प्रश्न पनि उठ्दो हो । सरु म यसलाई कहिले पनि नराम्रो सोच्दिन किन कि साच्चो माया ले खोज्ने विश्वाश नै यही हो सरु । अनी मलाई नै पनि यस्तै लाग्छ आफ्नो मान्छे पराइ नबनोस ।

आज सरु म जे जती लख्दै छु त्यो पनि तिम्रै विश्वाश जित्नलाई नै हो सरु म कहिले ईमेल आइडि दिनु तयार हुन्छु भने कहिले ……….यसको एउटा मात्र मग्सद हो तिम्रो माया निरन्तर निरन्तर पाइ रहु अनी अर्को कुरा साच्ची नै तिमी भन्दा मेरो लागि कुनै अरु ठुलो कुरा छैन सरु । यस्को लागि म जुन सुकै अग्निपरिक्षा दिन पनि तयार छु सरु । यो हिजो पनि थियो र बाचुन्जेल रही रहने छ सरु मात्र तिम्रो लागि मात्र । सरु अतित को पाना हरुमा तिमी सगको स्वर्णिम पलहरु सुनै सुनले लेखियको छन । हामी भोली पर्सी भेट भयर कुरा गर्दा पनि त्यतिनै रमाइलो लाग्नेछ जती रमाइलो आज लागि रहेको छ । सरु तिमी सग मेरो गहिरो माया मात्र होइन अती गहिरो माया बस्यो सरु । यो माया को लागि मैले दियको बचनहरु त्यतिन्जेल बाचि रहने छ सरु जतिन्जेल म आफु बाच्ने छु । यो कुरा त सच्चाइको कसिमा रघेटिदा मात्र थाहा हुने छ सरु कम से कम अब दुई बर्षा त पर्ख सरु है । त्यती बेला सबै पर्द खुल्ने छ ।

सरु ! हामी पल पल हाम्रो सपना को मन्जिल तिरै लम्की रहेक छौ । सेकेण्ड सेकेण्ड गर्दै बित्दै छ समयहरु । सरु जुन समयले हामीलाई हिजो छुट्टायको थियो त्यो समयले नै भोली भेट्टाइ दिने छ । जुन दोबाटोले हामीलाई अलग गरेको थियो त्यही बाटो ले हामीलाई मिलाउने छ । यही हो साच्चो कुरा सरु यसलाई नै हामीले पनि कुर्नु पर्छ है सरु । मन लाई समालेर ल मेरी प्राण प्यारी सरु ।

मेरो जीवन त तिमीलाई नै समर्पन गरी रहेको छु सरु तर आज को रात चाँही बिशेष समर्पन गरे तिम्रो नाम मा सरु । आज निद्रा देबी को काख मा मेरो आँखाले बास लिन सकेन । गुर्लुम्मा सिरक ओढेर जती नै निदाउन खोजे पनि पटक्कै निद्रा लागेन । अनी म आँफै आफ्नो कल्पना मा म रमाउन थाले । सुनेको थिय - सरु ''कल्पना यथार्थ भन्दा जहिले पनि अघाडी हिन्छ रे " हुन पनि हो नै रहेछ जस्तो पनि लाग्यो । हामी पुग्नु भन्दा धेरै पहिले चाहन र कल्पना नै त पुगेको हुन्छ होईन त सरु ? यस्तै यस्तै सोच्दै कोल्टे फेर्छु । मेरो कल्पना लाई कस्ले पो छेक्न सक्छ र ? म कल्पना मा नै रमाउन लाग्छु । चिसो रातहरुमा म मात्र हुन्छु । यो चिसो को समय मा म तिम्रो न्यानो काख लाई सिरानी बनाउन पाय कती आनन्द आउने थियो होला । मेरो अगालो भरी तिमीलाई कस्न पाय कती मज्जा हुने थियो होला ? अनी मन मा बेग्लाई किसिम को मिठो अनुभुती भयो । मैले तिमीलाई भेटे जस्तो पनि लाग्यो । तिमीले पनि कती रातहरु यसरी नै कल्पना गरेर बितायकी छौ सरु त्यो पनि मलाई थाहा छ सरु । सबै भन्दा ठुलो कुरा त सरु तिमि लाइ मेरो मायाले मेरो सामुमा नै धेरै पल्ट रुवायको छ सरु । यो मैले कहिले पनि भुल्ने छुइन नि सरु । मायाले यकले अर्काको साथ खोज्दो रहेछ सरु यकान्तमा समिप्यता खोज्दो रहेछ सरु । मेरो हिजोको सारा रातको लागि समिप्य भयर मिठो साथ दियौ सरु अनी त मैले भने - आज को रात तिम्रो लागी बिशेष बिशेष समर्पन अनी धेरै धेरै धन्यवाद पनि छ सरु तिमीलाई ।

सरु ! अस्ती तिमीले मलाई कतिको मन पराउनु हुन्छ ? भनेर सोधेको थियौ । मैले पनि यस अघी तिम्रो बानिको कुरा,तिम्रो बिचार को कुरा अनी मलाइ गर्ने मिठो माया र तिम्रो आत्मा कुरा मात्र गरेको थिय । आज पालो तिम्रो अनुहारको अनी तिम्रो शरीर को है । सरु ! मालिले धेरै मेहनत गरी बनायको एउटा सुन्दर बगनमा फक्रीयको सुन्दर फुल जस्ती छौ सरु । भनौ न भगवानले तिम्रो जन्म दिनु अघी धेरै सोचेर बनायको हुनुपर्छ । नत्र कहाँ यती राम्री हुने थियौ र सरु तिमी । तिम्रो सिर देखी पाउ सम्म केही पनि त्यस्तो कुरा छैन जुन कुरा अली कती पनि मलाई मन नपरोस । भन्छन नि थोरै नै मिठो, राम्रो भनेर तिमी साच्ची नै सरु चिटिक्क परेकी स्वर्ग कि अप्सरा भन्दा कमी छैनउ सरु । तिम्रो स्याउको दाना जस्तो रातो रातो गाला,लालु पाते ओठ अनी सलक्क परेको औलहरुमा निक्कै लामो लामो नगहरु कती हिफाजात गरी पालेकी छौ । त्यो पनि तिम्रो आकर्श्णको एउटा अङग नै हो । तिम्रो खुट्टाहरु पनि त्यतिकै राम्रो लाग्छ मिलेको जिउडाल छ तिम्रो । त्यसमा कोइली को जस्तो बोली ल , ह ? हवस जस्ता शब्दहरुले तिम्रो बोलिमा मिठास थपी दिन्छ मुसुक्क हासेर बोल्ने तिम्रो बानिले सरु सुन माथि सुगन्ध भने जस्तो भयको छ । त्यो मुस्कान ले नै सरु मेरो मनलाई चोरेछ मैले पनि तिमीलाई सधैं सधैं को लागि मेरो मुटु मा सजायको छु । एउटा प्रेमिलाई यो भन्दा अरु के नै चाहिन्छ र सरु । अनी सरु तिमी नै त हौ मेरो दिल को मोनलिशा तिम्रो अङग अङग ले मलाई तिमीतिर नै तानी रहन्छ त्यसैले सरु तिमी बाराबरि मेरो लागि कोही छैन,केही छैन सरु त्यसैले भन्नु पर्छ सरु तिमी नै त्यो मान्छे हौ जस्को मलाई सबै कुरा मन पर्छ ।

सरु ! आजलाई यती नै है !
तिम्रो प्रेमि
चकेन्द्र कैदी
पाख्रीबास, धनकुटा
हाल: दोहा कतार

{यो लेख चकेन्द्र जी को हुनुपर्नेमा खगेन्द्र खिलाफी हुन गएको मा माफी चाहन्छौ र आगमी दिनहरुमा यस्ता नदोहोरिन कुनै पनि लेखक साहित्यकार बर्गमा आफ्नो स्पष्ट ठेगाना अनी नाम लेखेर मात्र हामीलाई आफ्नो रचना सम्प्रेसन गर्नु होला, किनकी सच्याईरहदा धेरै कठिनाई झेल्नु पर्ने हुन्छ र देख्न मा पनि नराम्रो हुने हुँदा यो जानकारी गराएेएको छ, -बि जे बान्तवा एबं भोजपुरे ब्लग परिवार}

No comments:

Blog Widget by LinkWithin