------तपाईंको सन्देश तपाईंको आफनतजनलाई ------
सम्पर्क गर्ने इमेलहरु: rai_zone@yahoo.com , tawa_rai@yahoo.com

बोमोचित गजल संग्रह


निराजन बतासको बाटो खोज्दै बाटोहरु विमोचित

काठमाँडौ÷युवा साहित्यकार निराजन बतासको पहिलो एकल गजल संग्रह ुबाटो खोज्दै बाटोहरु को गत पौष १६ गते विहिबार राजधानीमा विमोचन गरिएको छ ।
साहित्यकार झमक घिमिरेले संग्रहको विमोचन गरेकी हुन् । प्रवासी नेपाली साहित्य समाज बेलायत र बु्रनाइको आयोजनामा भएको कार्यक्रममा नयाँ पुस्ताका साहित्यकार रमेश पौडेल बुद्धिसागर चपाईँ संगीत स्रोता सुमित्रा बाङदेल चेली र राजकुमार दिक्पालले गजलकृति र समसामयिक गजलको बारेमा बोल्दै ुबाटो खोज्दै बाटोहरुको गजलहरु उत्कृष्ट र सशक्त रहेको टिप्पणी गरेका थिए । नवोदित समसामयिक गजल सिर्जना समेतको चर्चा गर्न नयाँ पुस्ताका गजलकारहरुलाई बोल्न लगाइएको समाजका उपाध्यक्ष तथा कार्यक्रमका सभापति विश्वासदीप तिगेलाले बताए । कार्यक्रममा कृतिका स्रष्टा निराजन बतासले एक दर्जन गजल वाचन गरेका थिए ।

संग्रहमा समसामयिक विषयवस्तु र केही माया प्रेमका गरी ५३ खस नेपाली भाषामा र २ बान्तवा नेपाली भाषाका गजल छन् । प्रवासी साहित्य समाज प्रभातले विश्वव्यापी गजल प्रतियोगिता आयोजना गर्न लागेको सन्दर्भ सहित प्रभातको तर्फबाट कार्यक्रमको आयोजना गरिएको थियो ।

Nirajan Batas
Kirtipur, Kathmandu
Ph. 9841849246
nbatas@gmail.com
http://www.nbatasbjp.blogspot.com/

No comments:

Blog Widget by LinkWithin