------तपाईंको सन्देश तपाईंको आफनतजनलाई ------
सम्पर्क गर्ने इमेलहरु: rai_zone@yahoo.com , tawa_rai@yahoo.com

भोजपुर गजल महोत्सव अभूतपूर्वु


निराजन बतास
काठमाडौं÷ ुभोजपुरको यो गजल अनुराग र यो उर्वर माटोलाई म प्रणाम गर्छुु आफूले पहिलो चोटि गजलमा अभूतपूर्व जनसहभागिता देख्न पाएको बताउँदै आइतबार भोजपुरको टुँडिखेलमा भोजपुर गजल महोत्सवको पहिलो दिन प्राज्ञ बँूद रानाले पटक-पटक भनिरहे-ुप्रणाम छ भोजपुरलाई ।ु ५ हजार बढी दर्शकमाझ प्रमुख अतिथि प्राज्ञ रानाले नेपाली गजल कार्यक्रममा यति धेरै भब्य कार्यक्रम पहिलो चोटि भएको बताउँदै भोजपुरले नेपाली गजलमा नयाँ उचाईँको योगदान दिन लागिपरेकोमा आफू हर्षविभोर भएको बताए ।
दुई दिन चलेको महोत्सवमा रानाले दुई दर्जन बढी गजल गाएर भोजपुरबासीलाई रोमााचक बनाए । सुरेश सुवेदी निराजन बतास याम थुलुङ शैलेन्द्र अधिकारी हेमन यात्री मेचीपुत्र अशोक बस्नेत लगायतले कार्यक्रममा दुई दिनसम्म गजलमात्र प्रस्तुत गरेनन् कार्यक्रम अविश्वसनीय भव्य भएको समेत बताए । टुँडिखेलमा एक दर्जन गीत गजलमा कलाकारले प्रस्तुत गरेको आकर्षक नृत्यमा दर्शक कार्यक्रमको अन्तिमसम्म झुमिरहे । महोत्सवमा पूर्वााचल स्तरीय गजल प्रतियोगिता दुई दिन चलेको थियो । महोत्सवको पछिल्लो दिन स्थानीय सामुदायिक भवनमा दर्शक अटेका थिएनन् । भवनमा नअटेका सयौंले बाहिरै बसेर कार्यक्रम सुनेका थिए । प्रत्येक साँझ गजल गायन र वाचन भएको महोत्सवको अन्तिम साँझ भने वाद्यवादन सहित प्राज्ञ रानाले समेत गजल गाए ।
नेपाल गजल प्रतिष्ठान भोजपुरले आयोजना गरेको महोत्सवलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिएको प्रतिष्ठानका अध्यक्ष राजन ुसमीपु साम्पाङले बताए । ुयसले भोजपुरको गजललाई बढोत्तरी गर्न योगदान दिनेमा विश्वस्त छौंु उनले भने । प्रतिष्ठानका सचिव आशिष राईले भोजपुरमा चाँडै गजल पुस्तकालय स्थापना गर्न लागिएको बताए । विष्णु भुजेल प्रशान्ता राई सविता भुजेल गंगा साम्पाङ लगायतको प्रतिष्ठानको समूहलाई अग्रज स्रष्टाहरु अमि्रका ताम्राकार र हरि दाहालले साथ दिएका थिए ।
भोजपुरको आत्मीयता कहिल्यै बिस्रन नसकिने गजलकार सुरेश सुवेदीले उल्लेख गरे । अतिथीहरुलाई प्रतिष्ठानका गजलकार चेलीहरुले नै बुनेको मफलर तथा भोजपुरे खुकुरी उपहार दिइएको थियो । प्रतियोगितामा भने सीता तिवारी आइन्द्र अङकुर राई देव आवारा र काचन जिम्बाले क्रमशः पहिलो दोस्रो तेस्रो र सान्त्वना स्थान हासिल गरे ।

1 comment:

Mina Bantawa "Mridu" said...

yo samachar padnu paaudaa harsale bibhor chhu thaun thaumaa yo samachar herdaichhu m afailai garbanwit mandaichhu dherai badhai chh yahaharu sampurn laaii,

Blog Widget by LinkWithin