------तपाईंको सन्देश तपाईंको आफनतजनलाई ------
सम्पर्क गर्ने इमेलहरु: rai_zone@yahoo.com , tawa_rai@yahoo.com

एकल साँझ जुन ११ मा हुने

राजेन्द्र विरहीको एकल साँझ जुन ११ मा हुने

कुवैतको ईतिहासमा नै पहिलो पटक लोक गायक राजेन्द्र बिरहीले एकल साँझ गर्ने भएका छन नयाँ सालको आगमनको सुभ-अवसरमा सम्पन्न भएको भव्य सास्कृतिक कार्यक्रमको सफलता पछी फेरी कुवैतमा कार्यरत प्रबाशी नेपालीलाइ खुसी दिन सुमधुर संगीतले उनीहरुको मन रमाउन गायक बिरहीले संगीत साँझ राखेको बताउछन यो संगीत साँझ आउदो जुन ११ तारिख सुक्रवार को दिनमा कुवैत सिटीको एसिया एसिया होटलको एक हालमा हुने निश्चित भएको छ l सो एकल साँझमा गायक आफु एक्लैले आफ्ना प्रस्तुति दर्शक माँझ पस्कनु हुनेछ l कुवैतमा कुनै कलाकारले एकल साँझ गरेको यो पहिलो पटक हो यसबाट पहिले कुनै कलाकारले एकल साँझ प्रस्तुत गर्नु भएको थिएन यसबाट पनी अनुमान गर्न सकिन्छ अब कुवैतमा कुनै कला गला को कमी छैन l

साह्रै राम्री रैछौ रन नी एल्बमबाट गायन सुरु गर्नु भएका बिरहीले अहिले सम्म एउटा मात्र एल्बम बजारमा ल्याएपनि वाहाँले धेरै स्टेग प्रोग्राममा धेरै नै आकर्षित शो देखाएर धेरै पहिले देखीनै दर्शक माँझ आफ्नो गालाको कमाल देखाई सक्नु भएको छ कुवैतमा हुने गरेको प्राय सम्पूर्ण स्टेज शो मा धेरैनै दर्शहरुको मन छुने खालको गीत गाउनु हुने लोक गायकको यो एकल साँझले काँहा सम्म सफलता पाउने हो यो त दर्शक हरुले दुध को दुध पानीको पानी पार्नु नै हुनेछ जे होस एकल साँझ सबैलाई पाएक पर्ने ठाउ मालियामा हुने भएकोले सबै संगीत प्रेमी दर्शकलाइ साह्रै सजिलो परेको मलाई बिस्वास छ l हामी नेपालकुवैत डटकम र मरुभूमिको कोशेली परिवार पानी लोक गायक राजेन्द्र विरहीको एकल साँझले सफलता पाओस भन्ने अग्रिम सुभकामना गर्दछ l

मनोज काफ्ले मनसुन

No comments:

Blog Widget by LinkWithin