------तपाईंको सन्देश तपाईंको आफनतजनलाई ------
सम्पर्क गर्ने इमेलहरु: rai_zone@yahoo.com , tawa_rai@yahoo.com

निराजन बतासलाई यायोक्खा धनकुटा सम्मान

काठमाडौँ÷साहित्यकार निराजन बतास यस बर्षको yaayokkhaa मातृभाषी साहित्य सम्मान धनाकुटा बाट सम्मानित भएका छन् ।

धनकुटामा बसेर आधा दशक भन्दा बढी मातृभाषाबाट गरेको साहित्य सेवाको कदर स्वरुप उनलाई यो सम्मान प्रदान गरिएको हो । येलेदोङ÷येलेतङबे ५०७० को उपलक्ष्यमा धनकुटामा हालै आयोजित एक कार्यक्रममा बतासलाई फेटा गुथाएर सम्मान पत्र र सम्मान चिनो सहित सम्मानित गरिएको थियो ।
२०६३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट भएको र बतास आफैले निर्देशन गरेको बान्तावा भाषाको रेडियो नाटक ुसुनाहाङ्गु बान्तावा भाषाकै सर्वाधिक चर्चित नाटक हो भने उनले गाएका र लेखेका आधा दर्जन बान्तावा भाषाका गीतहरु चर्चित छन् ।
बतास बान्तावा भाषाको पत्रिका ुबुङ्वाखाुको सहसम्पादक हुन् भने उनले बहुभाषिक पत्रिका
ुसुम्निमा सावानामुको सम्पादन गरिसकेका छन् । उनले २०६४ सालमा सप्तकोशी एफ।एम।मा बान्तावा भाषाको कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गरिसकेका छन् । उनका तीन दर्जन बढी बान्तावा भाषाको लेख रचना ुबुङवाखाुमा मात्रै प्रकाशित छन् । उनको हालै प्रकाशित गजल संग्रह ुबाटो खोज्दै बाटोहरुमा समेत दुइ वटा बान्तावा गजल समावेश छन् ।

No comments:

Blog Widget by LinkWithin